नेपाली छोरा सन्दीप गुरुङ विश्वकै इञ्जिनियरमा प्रथम

काठमाडौ । नेपाल र नेपालीहरुका केही पौरख र सफलता देखेर विश्वका मानिस चकित बन्छन् । यस्तै नेपाली छोरा सन्दीप गुरुङ विश्वकै इञ्जिनियरमा प्रथम भएका छन् । विश्वका ईञ्जिनियरहरु विचको प्रतिस्पर्धामा पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम भएका हुन्। टाटा मोटर्स अन्तर्गत डिसेम्बर १६ तारेख (पुस १ गते) मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पि यन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी पोखरा बुद्धचोकस्थित सिप्रदी ट्रेडिङ प्रालिका मेनेजर ई . सन्दीप गुरुङ प्रथम हुदै २ हजार डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत भएका हुन्।

क्षेत्रीय, राष्ट्रिय हुदै सार्कमा सम्पन्न फेष्टमा प्रथम हुदै अन्तिम चरणमा प्रबेश गरेका गुरुङले भारत, एशियन, सार्क, अफ्रिका, मध्यपूर्व र ल्याटम क्षेत्रबाट उत्कृष्ठ बनेका अन्तिम प्रतिष्पर्धी २५ जनालाई पछि पार्दै प्रथम भएका हुन्। लिखित, अभ्यास र अन्तर्वार्ता परिक्षाबाट उत्कृष्ठ बनेका गुरुङले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा प्रथम हुनका लागि दैनिक १४ घण्टा मिहिनेत गरेको बताए। मिहिनेत, लगनशीलता, नयाँ खोज, ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नका लागि आफूले गरेको परिश्रमका कारण सफ लता प्राप्त भएको बताए।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस