पुलबाट हामफालेकी अधिकारीको एपीएफ टोलीद्वारा उद्धार

रुपन्देही- रुपन्देहीमा पुलबाट हामफालेकी एक महिलाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ स्थित डण्डा खोलामा पुलबाट हामफालेकी २७ वर्षीया पवित्रा अधिकारीको एपीएफ टोलीले जीवितै उद्धार गरेको हो ।

रुपन्देहीबाट खटिएको एपीएफको टोलीले उनको उद्धार गरेको हो । निज अधिकारीले पुलबाट हाम फालेको भन्ने सूचना पाउनासाथ टोली तत्कालै घटनास्थलमा खटिएको थियो ।

खोलाबाट उद्धार गरिएकी अधिकारीको भैरहवास्थित भिम अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं । देशमा संक्रमित बढ्दै गएको बेला विभिन्न ७ वटा जिल्ला भने कोरोना संक्रमण मुक्त भएका छन् ।

खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला संक्रमण मुक्त भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार गत २४ घण्टामा कोभिड–१९ बाट थप तीन जनाको मृत्यु भएको छ भने देशका विभिन्न जिल्लामा थप ३७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् । हालसम्म डिस्चार्ज हुनेको कूल संख्या १६ हजार ३१३ रहेकेा छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस