बलिउडकी यी अभिनेत्रीले पनि पासो लगाएर ज्यान फालिन्

काठमाडौं । भारतमा फेरि एक चर्चित अभिनेत्रीले आफ्नो ज्यान फालेकी छिन् । भोजपुरी फिल्मकी अभिनेत्री तथा टिभी कलाकार अनुपमा पाठकले पासो लगाएर ज्यान फालेकी हुन् ।

४० वर्षीया अनुपमाले मुम्बईको दाहिसरमा रहेको आफ्नो फ्ल्याटमा पासो लगाएर आफ्नै ज्यान फालेको भारतिय मिडियामा जनाइएको छ ।

ज्यान जानु भन्दा एक दिनअघि सम्म उनी सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् । उनको निधनको खबरले कलाकारहरुले दुख व्यक्त गरेका छन् । यसअघि अभिनेता समिर शर्माले पनि आफ्नो ज्यान फालेका थिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस