इन्द्रेणीमा पुगेर भाग्य न्यौपानेले यसरी मागे माफी ( भिडियो हेर्नुहोस् )

काठमाडौं, २४ साउन / शिशु प्रकरणले विवादमा मुछिएपछि युट्युबर भाग्य न्यौपाने पहिलोपटक मिडियामा आएर बोलेका छन् ।

गत साउन १२ गते काठमाडौं कपनस्थित कार्टुनमा शिशु भेटिएको भनेर गलत प्रचार गरिएको खुलासा भएसँगै युट्युबर न्यौपाने विवादित बनेका हुन्।

शिशु भेटियो भनेर फोन आएपछि आफूहरु केही सहयोग गरौं भन्ने मनसायले केयर बालगृह पुगेको न्यौपानेले इन्द्रेणी सञ्चालक कृष्ण कंडेल सँगको अन्तर्वातामा बताएका छन् ।

तर, शिशु भेटिएको नभई जानाजान राखिएको खुलासा भएको भोलिपल्ट आफूले सहयोग गरेको रकम फिर्ता लिन जाने क्रममा खिचिएको भिडियोले न्यौपानेलाई विवादमा ल्याएको हो । उनले अन्तर्वाताकै क्रममा केयर बालगृहकि संस्थापक पुष्पा अधिकारीसँग माफि मागेका छन् ।

उनले भनेका छन् “दिदी तपाईंले खन्नु भएको खाल्डोमा म परेको हो, त्यसैले भाइ सम्झेर माफ गरिदिनु होला ।” उनले थप्दै पुष्पा अधिकारीलाई कसैले गाली नगर्न समेत अनुरोध गरेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस