काठमाडौको मकैबारीमा फ्यालिएका शिशु जिवितै – १७ वर्षकी आमा पनि पत्ता लाग्यो

काठमाडौ । राजधानी काठमाडौमा फेरी अर्का शिशु फालिएको अवस्थामा भेटिएको छ । काठमाडौंको पेप्सीकोलामा शनिबार फालिएको अवस्थामा सालनालसहितको शिशु फेला परेको हो ।

बिहान पौने ७ बजेतिर पेप्सीकोलास्थित मदरल्यान्ड अस्पताल पछाडि मकैबारीमा जीवितै शिशु फेला पारिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार उनको आमा पनि पत्ता लागिसकेको छ ।

उनी मात्र १७ वर्षकी छन् । तर नाम ठेगाना गोप्य राखिएको छ ।‘बच्चा कोबाट जन्मियो भन्ने अनुसन्धान गरिरहेका छौं,’ शनिबार अपराह्न डीएसपी केसीले भने, अहिले शिशु र आमा दुवैलाई एक संस्थाको संरक्षणमा राखेका छौं। बाबु पत्ता लागेपछि जिम्मा लगाउँने प्रहरीको योजना छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस