आजदेखि सरकारी, गैर सरकारी, बैंक तथा बित्तीय संस्थाहरू सबै बन्द : पूर्ण कर्फ्यू जारी

काठमाडौ । बर्दिया जिल्ला कोरोना भाइरस (कोभिड–१९) संकट ब्यबस्थापन केन्द्र बर्दियाको यहि श्रावण २२ गते बसेको बैठकले आज श्रावण २५ गते बिहान ६ बजेदेखी श्रावण २९ गते मध्यरात सम्मको लागि बर्दिया जिल्लाभर निषेधाज्ञा कर्फ्यू जारी गरेको छ। साथै उक्त निषेधाज्ञा अबधिभर सरकारी, गैर सरकारी, बैंक तथा बित्तीय संस्थाहरू सबै बन्द रहने समेत जनाइएको छ।

यसैगरी बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालय बाराले बढी भिडभाड हुने स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएकोले निषेधाज्ञा जारी गरेको बताएका छन् । त्यस्तै बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार निषेधाज्ञा (कर्फ्यू) जारी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस