गोंगबु गणेशस्थानमा ह,त्या भएका पुरुष केही दिनयता भएका थिए सम्पर्क,बिहीन

काठमाडौं । राजधानीको गोंगबु गणेशस्थानमा ह,त्या गरेको अवस्थामा फेला परेका पुरुष केही दिनयता सम्पर्कबिहीन भएको पाइएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले ती पुरुष केही दिनदेखि सम्पर्कबिहीन भएको खुलेको रातोपाटीलाई जानकारी दिए ।

थापाले भने, ‘केही दिनदेखि ती पुरुष हराएको खुलेको छ, हामी व्यक्ति पहिचानको नजिक पुगेका छौं ।’ती पुरुष अन्दाजी ४०–४५ वर्षको उमेरका भएको बताइएको छ । उनको टाउको एक ठाउँमा र शरीर टुक्रा,टुक्रा पारेर फालिएको अवस्थामा अर्को ठाउँमा भेटिएपनि रातोपाटीलाई प्राप्त तस्बिरअनुसार उनको टाउकोपट्टीको भागमा भने कुनै चोटपटक देखिएको छैन ।

घटनास्थलमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ भने घट,नास्थलमा तालिम प्राप्त कुुकु,रको पनि प्रयोग गरिएको छ ।यसैगरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

पुरु,षको टाउको बिनाको श,व गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

प्रतिक्रिया दिनुहोस