प्रहरी हेडक्वार्टरका एक सय जना प्रहरीलाई काेराेना सङ्क्रमण

काठमाण्डाै – प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालमा कार्यरतमध्ये अहिलेसम्म एक सय जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शनिबारसम्ममा ९० जनामा सङ्क्रमण पुष्टि भएकोमा आइतबार थप १० जनालाई सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले जानकारी दिनुभयो । सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ भइरहेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक कडायतका अनुसार सङ्क्रमित प्रहरीको विभिन्न आइसोलेशनमा उपचार भइरहेको छ ।

यस्तै नेपालभर अहिलेसम्म दुई सय दुई जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक सय ४९ जना उपचारपछि निको भएका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस