गोंगबु विभत्स हत्याकाण्ड: कुकुरले सुँघेर पत्ता लगाएको थियो अर्कै ठाउँमा भेटिएको टाउको र खुट्टा

आइतबार बिहान गोंगबु चोकबाट उत्तर–पश्चिमतर्फको ५०० मिटर दूरीमा एउटा सुटके’श भेटियो । पर्किङ गरेर राखिएको एक ट्याक्सी र मारुती भ्यानको बीचमा थियो सो, सु’टकेश । उक्त सुट’केशलाई बाहिरबाट रातो प्लाष्टिकले बे’रिएको थियो ।

धर्मस्थ’ली घर भई टोखा नगरपालिका–१० विश्वज्योती मार्ग बस्दै आएका नारायणमान खड्गीले आइतबार बिहान अन्दाजी ७ बजेको समयमा उक्त सुटकेश देखे ।

आफ्नो कोठा नजिकै उक्त सुटके’श भेटिएछि उनले प्रहरीमा खबर गरेका थिए । सुटकेश भेटि’एको साइडमा खड्गी’को इलेक्ट्रिक पसल समेत रहेको छ ।

‘सुटकेश नजिक गएर हेर्दा आसपा’समा आलो रगतका टाटा देखें,’ खड्गीले रातोपाटीसँग भने, ‘र’गत देखेपछि १०० मा फोन गरेर प्रहरीलाई र वडा कार्यालयमा खबर गरें ।’ ‘खबर गरेको एकछिनमा एकजना प्रहरी हवल्दार आउनुभयो । हामी दुई जना मिलेर उक्त सुट’केश खोलेर हेर्यौं ।

टाउको र खुट्टा नभएको अवस्थामा मान्छेको श’व रहेछ । ती हवल्दारले माथि जानकारी गराएपछि काठ’माडौँ प्रहरी प्रमुख र महानगरीय अपराध महाशा’खा प्रमुख घ’टनास्थल आउनुभएको हो ।’

प्रहरीले त्यतिबे’लासम्म घटनास्थल सिल गरेको खड्गी बताउँछन् । घुँडादेखि माथि र घाँटीदेखि तलसम्मको भाग मात्र भेटिप’छि खुट्टा र टाउको खोज्न प्रह’री परिचालन भयो । प्रहरीले फेला नपरेपछि डग स्कुलबाट कुकुर झिकाइयो ।

अन्ततः कुकुरले ३०० मिटरको दुरीमा फलिएको अवस्थामा टाउको र खुट्टा फेला पार्यो । खड्गी भन्छन्, ‘कुकुरले सुँघ्दै टाउ’को र खु’ट्टा कालो प्लाष्टिकमा बेरेर फालेको अवस्थामा स्वर्गद्धारी मार्गबाट फेला पारेको हो ।’

खड्गीका अनुसार टाउ’को र खु’ट्टा फेला पारेपछि पनि कुकुर भण्डारी चोकसम्म पुगेको थियो । ‘भण्डारी चोकबाट उता जना सकेन । त्यहीबाट फर्कियो,’ खड्गीले भने । यद्यपी त्यतिबेला सयौंको संख्यामा घट’नास्थल वरपर प्रहरी परिचा’लन भइसकेको थियो ।

खड्गीका अनुसार उक्त स्थानमा राति १ बजेको समयमा ड्या’ङ आवाज आएको थियो । घर अगाडि पसल भएको कारण तो’डफोड भयो कि भनेर उठेर समेत हेरेको खड्गी’ले बताए । उनले भने, ‘२ जना मान्छे चाहिँ देखेको थिएँ । राती ट्याक्सी र गाडी पनि त्यही थियो ।’

बिहान उठेर हेर्दा गाडी र ट्याक्सीको बीचमा कसले फोहोर फालेछ भनेर हेर्न खोज्दा वरपर र गतको टाटा देखेको खड्गीले बताएका छन् । उनले भने, ‘वरपर म आफै सफा गर्छु । कसैले फो’होर फालेछ कि भनेर चासो दिएकाले सुट केश हेर्न खोज्दा रग’तको टा टा देखेको हुँ ।’

घट’नास्थलमा प्रहरीले सेतो बोराको नाम्लो समेत बराम’द गरेको छ । अन्त ह त्या त्यहाँ नाम्लाले बोकेर ल्याएर त्यहाँ फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनु सन्धानबाट खुलेको छ । एक प्रहरी अधिकृत भन्छन्, ‘यद्यपी गाडीमा ल्याएर फा’लेको भए नाम्लो किन प्रयोग गथ्र्यो होला र ?’

स्थानीय छिलोमी शेर्पाले बिहान डेरीमा दुध किन्न आउँदा सुटकेशसँगै नाम्लो पनि देखेको बताइन् । शेर्पा भन्छिन्, ‘रातो प्लाष्टिकले बेरेर फालिएको कालो सुटकेशमाथि नाम्लो पनि थियो ।’

श व भेटिएको विपरित दिशामा सर्लाही होलसेल किराना पसल र पोखरा टप ज्वेलर्स रहेको छ । श व फेला परेको ठाउँ दुईवटा बाटो’बाट पुगिन्छ । तर, उक्त एसियाभित्र कतै पनि सीसी क्यामेरा छैन ।

प्रहरी भन्छ, ‘उक्त क्षेत्रमा कतै पनि सीसीक्यामेरा छैन । बाहिरी सडकमा भएपनि भित्र गल्लीमा नभए:काले अनुसन्धनमा गा:ह्रो हुनसक्छ ।’ प्रहरीले धेरैजसो घ:टना सीसीक्यामेराको सहयोगबाट सुल्झाउने गरेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस