काठमाडौं उपत्यकामा फेरि सार्वजनिक यातायात ब’न्द गर्ने तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा फेरि सार्वजनिक यातायात ब’न्द गर्ने तयारी गरेको छ । उपत्यका नगरपालिका फोरमको टो’लीसँगको भेटमा कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले फोरमको माग सम्बोधन गर्ने प्र’तिवद्धता जनाएका छन् ।

उपप्रधानमन्त्री पोखरेललाई भेट्न फोरमका अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिवसमेत रहेका मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ सिंहदरबार पुगेका थिए ।

आफूहरुले कम्तिमा तीनहप्ता उपत्यकामा सार्वजनिक सवारी साधन रो’क लगाउन आग्रह गरेको र उपप्रधानमन्त्री पोखरेलले बैठक बसेर सकरात्मक निर्णय गर्ने जानकारी दिएको श्रेष्ठले बताए । सिसिएमसीको बै’ठकले सार्वजनिक यातायात ब’न्द गर्नेबारेमा निर्णय गर्ने उनले जानकारी दिए ।फोरमले कोरोना भाइरसको संक्रमण रो’कथाम तथा नियन्त्रणका लागि विभिन्न सुझाव दिएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस