नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै वीरगञ्जमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिला रहेकी छिन् । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएकी उनमा कोरोना संक्रमण देखिएको हो ।

उच्च रक्तचाप र हाइपोथाइराइडको बिरामी रहेकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । उनको मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उक्त महिलाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस