कोरोना संक्रमणबारे सबैले बुझ्नै पर्ने पम्प्लेट बनाएको छु | यो पम्प्लेट सबै मित्रहरुले सेयर गर्नुहोला | डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे
कोरोना संक्रमणबारे सबैले बुझ्नै पर्ने पम्प्लेट बनाएको छु | यो पम्प्लेट सबै मित्रहरुले सेयर गर्नुहोला | हरेक स्थानीय निकाय तथा संस्थाहरुले यसलाई प्रिन्ट गरेर आम जन समुदायमा पुर्याउनु हुन अनुरोध गर्दछु | हामी सबै जनस्वास्थ्य चेतनाको संवाहक बनौं |
यसको डिजाइन गर्ने सुनिल भाइलाई हार्दिक धन्यबाद |

काठमाडौं, २६ साउन । आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।

यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड कम छ । काठमाडौंको पशुपति, टाेखाकाे बाैडेश्वर मन्दर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुम पूजाआजा गरि मनाएका छन् ।

साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

साउनको अन्तिम सोमबार बाैडेश्वर मन्दिमा पूजाआजा गर्दै भक्तजनहरू- तस्वीर : महेश्वर केसी/न्युज २४ नेपाल

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस