कोरोना सङ्क्रमित वृद्धको मेडिसिटी अस्पतालमा मृत्यु

काठमाडौं, साउन २६ गते । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणबाट एक वृद्धको आज बिहान मृत्यु भएको छ । ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत ६५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालका अनुसार साउन १५ गते भर्ना हुनुभएका उहाँको आज बिहान मृत्यु भएको हो । लामो समयदेखि उहाँ मधुमेह, कलेजोको समस्याबाट ग्रसित उहाँमा पछिल्लो पटक निमोनियाको लक्षण देखिएको थियो ।

काठमाडौंको कलङ्की निवासी वृद्धको मृत शरीर अस्पतालमै राखिएको छ । नेपाली सेनाले व्यवस्थापनको तयारी गरिरहेको डा. गेलालले जानकारी दिनुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस