काेराेना भाइरसका ३३८ सङ्क्रमित, कुल २३ हजार ३१०

काठमाडौँ, साउन २६ गते । कोरोना भाइरसका ३३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा १४० जना कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ४९३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा १० हजार ६५९ जना रहेका छन् ।

रेड जाेनमा थप एकजना बारा जिल्लाका परेकाे छ । कुल रेड जाेनमा ५५४ जना रहेका छन् । स्वःमूल्याकंन गरेका ६२ हजार २२५ रहेका छन् ।

उपत्यकामा सोमबार ४४ जना सङ्क्रमित

काठमाडौं उपत्यकामा सोमबार ४४ जना सङ्क्रमित थपिएका छन् । उपत्यका सबैभन्दा बढी काठमाडांै जिल्लामा सङ्क्रमित भएका छन् । काठमाडौंमा ३६, ललितपुर र भक्तपुरमा चार चारजना सङ्क्रमित थपिएका छन् ।

यस्तै, साेमबार नेपालमा मृत्यु संख्या ७९ पुगेकाे छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस