सरकारले गर्ला र हामी सुरक्षित रहौंला भन्ने नसोच्नु, आफै सुरक्षित रहनु : नेपाली कांग्रेस

काठमाडौँ, २६ साउन । नेपाली कांग्रेसले कोरोना नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा गठित कोरोना नियन्त्रण उच्चस्तरीय समिति भ्रष्टाचारमा लागेको कांग्रेसले आरोप लगाएको छ।

आज नेपाली कांग्रेसको मुख्यालय सानेपामा कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् समितिका संयोजक डा. प्रकाश शरण महतले यस्तो बताउनुभएको हो ।

संक्रमण व्यापक बन्दै गए पनि सरकारले पीसस्आर परीक्षण दायरा वृद्धि नगरेको पनि कांग्रेस सहमहामन्त्री महतले स्वास्थ्यकर्मीहरुलाई सुरक्षाका लागि सरकारको भर नपर्न अनुरोध गर्नुभयो । कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई थप सेवा सुविधा दिनुपर्नेमा जोड दिदैँ उहाँले, स्वास्थ्य मन्त्रालयले मन्त्रीको नजिकका कर्मचारीलाई च्याप्दा प्रभावकारी काम नभएको बताउनुभयो ।

साथै उहाँले सरकार नै इमान्दार नभएको आरोप समेत लगाउनुभयो । ओली सरकारले कोरोना नियन्त्रण लगायतमा धेरै राम्रा काम गर्न नसकेको भन्दै उहाँले ‘सरकारले गर्ला र हामी सुरक्षित रहौंला भनेर बस्न आह्वान गर्नुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस