यही घरबाट लगिएको थियो गोंगबु विभत्स घटनाको शव

आइतबार गोंगबु गणेशस्थान नजिकै सुटेकेशमा टाउको विनाको श व नजिकैको घरबाट ल्याइएको तथ्य खुलेको छ ।

सुटकेश फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरबाट श व ल्याइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताए ।


मृतक बोहरा ।
आइतबार सुटकेशमा शरीर र केही पर झोलामा टाउको फेला परेका व्यक्ति दाङका कृष्ण बहादुर बोहोरा भएको सार्वजनिक भएको थियो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस