गो‌ंगबु हत्या काण्डमा आरोपित महिला चितवनबाट पक्राउ

आइतबार गोङ्गबुमा कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ। ती महिला र हत्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएकाे प्रहरीले जनाएकाे छ। उनका श्रीमान् विदेशमा छन्।

गोङ्गबुको गणेशस्थान नजिकै सडक छेउ सुटकेसभित्र आइतबार शव भेटिएको थियो। उक्त सुटकेसमा टाउको र खुट्टा भने भेटिएको थिएन। पछि प्रहरीले डग स्कुलबाट तालिमप्राप्त कुकुरको सहयता लिई टाउको र खुट्टा ३ सय मिटर पर भेट्टाएको थियो।

प्रहरीले सोमबार दिउँसोसम्म शवको सनाखत गर्न सकेको थिएन। दिउँसो कृष्णबहादुर बोहराको तस्वीर सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो।

प्रहरीका अनुसार उनका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला परेको हो।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस