गोंगबु घटना प्रकरण : भान्छा र शौचालयमा श’रीरका अं’ग छि’नाइयो

काठमाडौं – आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको ह-त्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले घटना भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार घटनापछि जेब्रा झोलामा टा उको र खु’ट्टा तथा घाँ’टी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हा’लेर फ्याँ’किएको अवस्थामा श’व फेला पारेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा श’व फ्याँ’किएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा घटना भएको निष्कर्ष निकालेको हो ।

प्रहरी स्रोतका अनुसार श’व भेटिएको स्थानभन्दा ५० मिटर पर नवज्योतिमार्गस्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको ह ‘त्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले घटनामा संलग्न व्यक्तिलाई समेत चितवनबाट पक्राउ गरिसकेको छ । उनी महिला भएको र घटनापछि श’व फा’लेर चितवन गएको देखिएको प्रहरी उच्च स्रोत बताउँछ ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने ह-त्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको र छाडिएको तर सोमबार साँझसम्म ह -त्यामा संलग्न व्यक्ति पक्राउ नपरेको बताए ।

‘घटनाको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको छ र छाडिएको छ तर सोमबार साँझसम्म यसमामा संलग्न व्यक्ति पक्राउ परिसकेका छैनन्, अनुसन्धान जारी छ,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले राजधानीसँग भने ।

प्रहरी उच्च स्रोतका अनुसार श’व फा’लिएको स्थान नजिकैका तीन तले घरको दोस्रो तलामा रहेको भान्छा कोठामा बोहोराको ह त्या गरिएको प्रहरी अुसन्धानले देखाएको छ । भान्छाकोठा (किचन)मा घाँ- टीमाथिको भाग छि नाएपछि ट्वाइलेटमा लगेर घुँ’ डामाथिको भाग छि -नाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

प्रहरीले सोमबार दिउँसो नै बोहोराको घटना गरिएको घरलाई घेरा हा’लेर गरिएको स्थानको मुचुल्कासमेत तयार गरिसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

यो पनि : बेपत्ता पुरुष भेटिए

कैलालीमा खोलाले बगाउँदा बे’पत्ता भएका पुरुष आज जीवित भेटिएका छन् । मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बे’पत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चो’टप’ टक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए । विष्टलाई अहिले उनका आफन्त र प्रहरीले उपचारका लागि घोडाघाडी अस्पताल ल्याइरहेको प्रहरी निरीक्षक थापाले बताए । उनको अवस्था अहिले मध्यम रहेको बताइएको छ ।

यो पनि : अध्यागमन विभागको अत्यावश्यकबाहेकका सेवा बन्द

अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको छ । विभागले प्रवेशाज्ञा ‘भिसा’ सेवा केही समयको लागि बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस