पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद !

मकवानपुर – वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले वि’श्वास दिलाउन नसक्दा पति र पत्नीबीच स’म्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ ।वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६÷७७ मा जिल्ला अदालतमा स’म्बन्धविच्छेदका लागि ५३१ मु’द्दा द’र्ता गरिएको थियो । तीमध्ये ३०० मुद्दा फ’छ्र्योट गरी पत्नी र पतिबीच स’म्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

जिल्ला अदालतमा अघिल्लो आव २०७४÷७५ मा दर्ता भएका ५१२ स’म्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ३३३ मु’द्दा फ’छ्र्र्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिं’सा, दु’व्र्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी स’म्बन्धविच्छेद गरी पाऊँ भनी दिइएको नि’वेदनअनुसार जिल्ला अदालतको इ’जलासमा का’नूनी ब’हस हुँदा बरु पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक र पारिवारिक वि’वादको कारणबाटै स’म्बन्धविच्छेद बन्न पुगेको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताउनुभएको छ ।

विवाहित पत्नीले पतिभन्दा अन्य व्यक्तिसँग हे’लमेल गरी अधिक खर्च गरेको भनी पतिले आ’रोप लगाउँदा करिब ४० प्रतिशत जति विवाहित पत्नी सम्बन्धविच्छेदको शि’कार हुनुपरेको पनि श्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो । अदालतको इ’जलासमा नवविवाहित युवतीले आफ्नो पतिसँग अब कुनै अं’शबण्डाको हि’स्सा नलिने स्वीकार गर्दै अन्य व्यक्तिसँग नाता जो’ड्ने मनसाय राखी स’म्बन्धविच्छेद गर्ने उद्देश्य राखी नि’वेदन दर्ता गरिएको पनि श्रेस्तेदार भट्टराईले उल्लेख गर्नुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस