यही अवस्था रहे नेपालमा कोरोना संक्रमितको संख्या ९१ हजारसम्म पुग्नसक्छ : स्वास्थ्यमन्त्री

काठमाडौं, २७ साउन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यही अवस्था रहे नेपालमा कोरोना संक्रमितको संख्या ९१ हजारसम्म पुग्ने प्रक्षेण गर्नुभएको छ । उहाँले अहिले नेपालमा कोरोना भाइरसको संक्रमण हालसम्मकै उच्च वृद्धिदर र जोखिम पनि उत्तिकै रहेको बताउदै संक्रमित ९१ हजारसम्म पुग्ने अनुमान गर्नुभएको हो ।

परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा बोल्नेक्रममा २५ देखि भाद्र २ सम्म कोरोना उच्च जोखिम हुने बिज्ञहरुले बताएको बताउनुभयो । यद्यपि सरकार सामान्य स्थिती कामय गर्न भरपुर लागि परेको बताउनुभएको छ । यदी सामान्य अवस्था रहे संक्रमितकाे संख्या ३९ हजारसम्म मात्रै पुग्ने बताउनु भएको छ । उहाँले जस्तोसुकै अवस्थामा कोरोना संक्रमितको उपचार सरकारले गर्ने र त्यसको नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले भन्नुभयो- ‘हालसम्म नेपालका करीब २४ हजार संक्रमित रहेका छन्, कोरोना नियन्त्रणमा सरकार लागिरहेको छ।’ उहाँले असार १९ गते ४४ सय ८३ पीसीआर गर्दा ७४० कोरोना संक्रमित अहिलेसम्म धेरै भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘डिस्चार्ज भएका पनि ७३ प्रतिशतबाट घट्ने क्रममा रहेका छन् । सुरुबाटै पोजेटिभ केस थोरै देखिए पनि त्यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ। तर, मलाई लाग्छ सरकारले कोरोना नियन्त्रणमा सक्दो प्रयास गरिरहेको छ ।’

पछिल्लो समय सबैभन्दा धेरै १० हजार ७ सय ८३ को पीसिआर गर्दा २२४ पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । उहाँले पछिल्लो २ दिनको संक्रमित दरले नकारात्मक संकेत गरेकोसमेत जानकारी दिनुभएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस