प्रहरीले सार्वजनिक गर्‍यो गोंगबु हत्याका मुख्य आरोपी

काठमाडौँ / गत शनिबार राति काठमाडौंको गोंगबुमा भएको विभत्स हत्याका आरोपी महिलालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याएर सार्वजनिक गरेको छ। हत्या आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना शाहीलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेकाे हो ।

उनले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकी छन् । उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ । प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको प्रहरीसँगको बयानमा बताएको घटनामा संलग्न अधिकारीले जनाएका छन् ।

प्रहरीले घटनास्थलबाट ह्यामर र दाउ पनि फेला पारेर सार्वजनिक गरेकाे छ । घटनापछि ती महिला एम्बुलेन्समा चितवन पुगेको खुलेको छ । चितवनको शक्तिखोरस्थित घर हिँडेकी उनलाई प्रहरीले चितवनको टाँडीबाट पक्रेको थियो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस