यिनै हुन् गोंगबु ह’त्या प्र’करणमा संलग्न महिला ! प्रहरी अनुसन्धानबाट खुले यी तथ्य (भिडियो सहित)

काठमाडौँको गोंगबु नवज्योति मार्गमा दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्ण बहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल)ले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर ल’ठ्याएपछि ह’त्या गरेको पाइएको छ । बोहराको ह’त्यामा संलग्न रहेको आ’रोपमा प’क्राउ परेकी महिला कलाकार समेत रहेको खुलेको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत कल्पना मुडभरी (पौडेल) लाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बोहोरा ल’ठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्र’हार गरेकी थिइन् । त्यसपछि सलले घाँ’टी क’सेर ह’त्या गरेकी थिइन् । बोहोरा म’रेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छि’नालेर आफैंले श’व व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसमा टाउको र खुट्टा बिनाको श’व भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो । अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै ह’त्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट प’क्राउ गरेर काठमाडौं ल्याएको थियो । बोहोराको श’व व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस