काठमाडौं, २७ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमााडौंमा मात्र १ सय १० संक्रमित थपिएका छन् भने ललितपुर १६ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ३ सय १८ पुगेको छ ।