आफ्नै खर्चमा अनिवार्य पीसीरआर जाँच गर्नुपर्ने

भोजपुर, २७ साउन । जिल्ला प्रवेश गर्ने शिक्षक तथा कर्मचारीले अनिवार्य आफ्नै खर्चले पीसीआर गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । स्थानीय तहहरुले शिक्षक तथा अन्य कर्मचारीहरुलाई कार्यालयमा अनिवार्य हाजिर हुन भनेपछि जिल्ला बाहिरका शिक्षक कर्मचारीहरु जिल्ला भित्रिन थाले संगै कोरोना भित्रिन नदिनका लागि पीसीआर टेष्ट अनिवार्य गरेको हो ।

अन्य जिल्लाबाट जिल्ला प्रवेश गर्ने कर्मचारीले पीसीआर टेष्ट गर्नुपर्ने यदि पीसीआर टेष्टको रिपोर्ट विना जिल्ला प्रवेशका लागि कुनैपनि नाकामा आए क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनमा बस्दा र पीसीआर गर्दा लागेको खर्च स्वयंम् व्यक्तिले व्यहोर्नु पर्ने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो ।

१ नम्बर प्रदेशको सुनसरी, झापा ,मोरङ लगायतका जिल्लाहरुमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिए पछि भोजपुरमा सवारी पास तथा जिल्ला प्रवेशमा कडाई गरिएको छ । पछिल्लो समय प्रशासन पास नलिइ जिल्ला भित्रिनेको संख्या बढेसगै कोरोना संक्रमणको सम्भावना रहेकाले जिल्ला प्रवेशमा कडाई गरेको हो । अत्यवाश्यक काम वाहेक अन्य जिल्ला जानु परेमा पासलाई अनिवार्य गरेको छ ।

बिना पास सवारी साधान वा व्यक्ति जिल्ला प्रवेश गर्न खोजेमा जुन स्थानबाट आए त्यहि स्थान तर्फ फर्काइने छ । त्यस्तै पास लिएर चलेका सवारीले निर्धारीत भाडा भन्दा वढि लिएको थाहा पाए कार्वाही हदैसम्मको कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी पुरीले बताउनुभयाे।

भोजपुरमा गत वैशाख ११ गते हतुवागढि गाउपालिकामा एक जना षडानन्द नगरपालिकामा जेठ २३ गते ५ जनामा कोरो संक्रमण पुष्टि भएको थियो भने संक्रमित सवै निको भएर घर फर्की सकेकाछन् भने अन्य विभिन्न तथा वाह्य मुलुकबाट जिल्ला प्रवेश गर्न आएका ७२ जना होल्डिङ एरीयामा रहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस