रुसमा तयार पारेको कोरोना भ्याक्सिन स्वास्थ्य मन्त्रालयद्वारा स्वीकृत, भोलि औषधि लन्च गर्दै रुस

काठमाडौं । रुसले विश्वको पहिलो कोरोना भ्याक्सिनलाई स्वीकृत गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिनलाई स्वीकृत गरेको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । मस्कोको गामालेया इन्ष्टिच्युटले तयार गरेको कोरोना विरुद्धको भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको हो । यससँगै रुसी भ्याक्सिन मानव प्रयोगका लागि स्वीकृत हुने पहिलो कोरोना भ्याक्सिन बनेको छ ।

रुसमा बनेको कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धको खोपले देशमा स्वीकृति पाएपछि राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार गामेलिया इन्स्टिट्युटले बनाएको खोपले देशमा स्वीकृति पाएको बताउँदै रुसले बनाएको खोप विश्वमै पहिलो भएको बताए। पुटिनले भने,‘विश्वमै कोभिड १९ विरुद्धको खोप पहिलोपटक दर्ता भएको छ। मलाई थाहा छ यसले प्रभावकारी काम गर्नेछ।’ पुटिलने सो क्रममा आफ्नी एक छोरीमा पनि गामेलिया इन्स्टिट्युटले बनाएको खोप प्रयोग गरेको जानकारी दिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वको पहिलो कोरोना भाइरसको भ्याक्सिन आफ्नो देशले तयार पारिसकेको र यसको रजिस्ट्रेशन भोलि १२ अगस्टदेखि सुरु हुने बताएका थिए। राष्ट्रपति पुटिनको भनाईको पुष्टी गर्दै स्वास्थ्य सहायक मन्त्री ओलेग ग्रिडनेभले शुक्रबार रुसी मिडियालाई बताएका छन्– कोभिड १९ भ्याक्सिनको रजिस्ट्रेशन भोलि १२ अगस्टबाट हुनेछ। भ्याक्सिनको नाम ‘गाम–कोभिड–भ्याक लियो’ राखिएको छ।’

क्लिनिकल परीक्षणमा यसको नतिजा सतप्रतिशत देखिएको रुसको रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन एपिडिमियोलोजी एण्ड माइक्रोबायलोजीले बताएको छ। यसैले भ्याक्सिन तयार पारेको हो। हामी थप सुनिश्चित हुन चाहन्छौं। यो भ्याक्सिनमा कुनै असुरक्षा छैन। पहिले बुढाबुढी तथा मेडिकल क्षेत्रमा काम गर्नेलाई यो भ्याक्सिन लगाइने छ।’

रुसी रक्षा मन्त्रालयले भ्याक्सिनको परीक्षणको परिणाम निकै राम्रो आएको बताएको छ र उसले संक्रमितमा राम्रो इम्युनिटी विकास भएको प्रमाण भेटिएको बतायो। भोलिन्टियर्समा गरेको प्रयोगमा नकरात्मक साइडइफेक्ट देखा नपरेको मन्त्रालयले दावी गरेको छ। ल्याबबाट भ्याक्सिन बिक्रि गर्ने स्विकृति प्राप्त भएपछि जनतासमक्ष पुर्याइने मन्त्रालयले बतायो।

रुसी सरकारले कोरोना भ्याक्सिनको विकासका लागि विश्वभरिका अन्य देशले गरिरहेको प्रयासभन्दा आफू धेरै अगाडि रहेको दावी गरेको छ। यसै महिना ठूलो स्तरमा तीनवटा अझैं परीक्षण हुने सरकारले बताएको थियो ।


यद्यपि रुसले दावी गरेपनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शंका जनाएको थियो । डब्ल्यूएचओले तेस्रो चरणको परीक्षणलाई लिएर आशंका उत्पन्न गरेको थियो।

डब्ल्यूएचओले रुसले भ्याक्सिन बनाउँदा आफूले तय गरेको दिशानिर्देशको पालना नगरेको आरोप लगाएको थियो । डब्ल्यूएचओले भ्याक्सिन उत्पादनका लागि थुप्रै गाइडलाइन्स बनाइएको र सबै टिम यही अनुसार काम गरिरहेको बतायो। र, उसले क्लिनिकल परीक्षण गरिरहेको २५ भ्याक्सिनको नाम सूचीबद्ध पनि गरेको छ। यसमा १३९ भ्याक्सिन प्रि–क्लिनिकलको चरणमा रहेका छन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस