कोरोना भाइरस संक्रमणबाट सप्तरीमा थप एकको मृत्यु, नेपालमा मृतकको संख्या ८४ पुग्यो

काठमाडौं, २८ साउन । सप्तरीमा थप एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ को सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्व रहेको बताइएको छ ।

उनमा मंगलबार नै कोरोना पुष्टि भएको थियो । ती बृद्धामा केहीदिन अघि ज्वरो आएपछि स्वाब परीक्षण गर्न दिइएको रिपोर्ट मंगलबार आएको हो । त्यसपछि जिल्ला स्वास्थ्य कार्यालय सप्तरीबाट उनलाई लिन एम्बुलेन्स बृद्धको घर पुगेको थियो ।

एम्बुलेन्स चढेलगत्तै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । । उनमा थाइराड, सुगर, उच्च रक्तचाप र मुटुको समेत समस्या थियो । यो सँगै सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट ३ को मृत्यु भएको छ । नेपालभर कोरोना भाइरसका कारण ८४ को ज्यान गइसकेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस