एकदिन मै फेरियो कल्पनाको बयान, घटनामा संगाल्न अरु पनि

काठमाण्डौ – सोमबार चितवनबाट पक्राउ पर्नासाथ कल्पनाले आफू र छोरी मिलेर यस्तो काम गरेको बताए पनि उनीसँग नियमित सम्पर्कमा रहेका एम्बुलेन्स ड्राइभरको पनि यसमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केटोलाई आमाले नपुगेर लुकिछिपी छोरी ताक्ने, आमाचाहिँ ट्याक्सी चढेर डुलिरहने ! ५० लाखको हिसाब पनि छोरीसँगको सम्बन्धका नाममा तिर्न नखोज्ने भएपछि मान्छे का-टेर फ्याँ-क्ने ! टोखा– १०, गोंगबुस्थित नवज्योति मार्गको वि-भत्स ह-त्याका-ण्डको घटनाको मूल कारण हो यो ।

आइतबार (साउन २५) बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको शवको ९० प्रतिशत भाग सुटकेशमा पेला परेको थियो भने टा’उको र खु’ट्टाचाहिँ ३ सय मीटर पूर्वाेउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो । अघिल्लो रात कृष्णबहादुरलाई आफ्नै डेरामा का-टकु-ट पारी झोलामा पोको पार्ने महिला कल्पना मुडभरी (पौडेल) र उनकी १६ वर्षिया छोरी भने त्यही दिन एउटा एम्बुलेन्स चढेर चितवनतिर भा’गे । राति रुस्लान भोड्कामा सितनस्वरूप मासु र दहीच्युरामात्रै खुवाइनन्, पाँचवटा स्लि’पिङ ट्या’ब्लेट पनि हा’लिदिइन् । कृष्णबहादुरले हो’स गु’माए, नगुमाएको पत्ता लगाउन ह’म्मरले अ-ण्डकोषमा बे-स्सरी हि-र्काइन् । तर, चालचुल नभएपछि घाँ-टी र खु-ट्टा रे-टेर एकातिर, बाँकी श-रीर अर्कातिर पो-को पारिन् ।

जनाआस्था साप्ताहिकमा यो खबर छ । ५० लाख रकम पटक–पटक ताकेता गर्दा पनि कल्पनाले फिर्ता गरिनन् । अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झ’गडा बढ्दै थियो । सोमबार चितवनबाट पक्राउ पर्नासाथ कल्पनाले आफू र छोरी मिलेर यस्तो काम गरेको बताए पनि उनीसँग नियमित सम्पर्कमा रहेका एम्बुलेन्स ड्राइभरको पनि यसमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विवाहेत्तर सम्बन्ध

मृतक कृष्णबहादुर र अभियुक्त कल्पना दुबै विवाहित हुन् । कृष्णबहादुरकी पत्नी भारतको दिल्लीमा र कल्पनाका पति दुबईमा रोजगारी गर्छन् । कृष्णबहादुर नयाँबजारस्थित एसआई मल्टिपर्पस नामक कपडाको होलसेलबाट सामान लिएर गोंगबु, नयाँबसपार्कतिर सप्लाईको काम गर्थे । आफ्नै कोठा थिएन, गोंगबुकै एक गेष्ट हाउसमा महिनावारी भाडा तिरेर बस्थे । तर, बढीजसो रात कल्पनाकै कोठामा बिताउँथे । यस्तो क्रम दुई वर्षदेखिको हो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस