मेक्सिकोमा एकैदिन साढे ६ हजार बढी संक्रमित थपिए, मृतक संख्या हजारको नजिक

मेक्सिकोको स्वास्थ्य मन्त्रालयले मंगलबारमात्रै त्यहाँ कोरोना भाइरसका छ हजार छ सय ८६ नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ।

भाइरस संक्रमणबाट एकै दिन नौ सय २६ जनाको ज्यान गएको छ।

अहिलेसम्म चार लाख ९२ हजार पाँच सय २२ जना भाइरसबाट संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ५३ हजार नौ सय २९ पुगिसकेको छ।

त्यहाँको सरकारले पुष्टि भएको संख्याको तुलनामा संक्रमित हुनेको संख्या अझ बढी हुन सक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस