दु:खद खबर : कोरोना संक्रमित आमाबाट जन्मेको शिशुको मृत्यु !

कोहलपुर – नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शि’शुको निधन भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शि’शुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा निधन भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

भेरी अस्पतालमा भर्ना हुुनुभएका रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो । सो महिलाले सोही दिन राति ९ः३५ बजे श’ल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु (छोरा) जन्म दिनुभएको थियो । मेडिकल कलेजमा कोरोना सङ्क्रमितबाट जन्मिएका शि’शुको निधन भएको र आमाबुुबा आइसोलेसनमा रहेको सहायक निर्देशक कनोडियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस