आज काठमाडौं उपत्यकामा १४० नयाँ संक्रमित थपिए, उपत्यकामा जम्मा संक्रमित १,४५४

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १४० जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्।

आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १४५४ पुगेको छ। काठमाडौंमा ११६९, ललितपुरमा १८० र भक्तपुरमा १०५ संक्रमित पुष्टि भएका छन्।

बुधबार देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ भने ६४ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या १६ हजार ७ सय २८ पुगेको छ।

आज १० हजार ४ सय ८१ जनाको पिसिआर टेस्ट भएको छ भने हालसम्म ४ लाख ७३ हजार १ सय ७८ जनाको पिसिआर टेस्ट भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस