सदरमुकाममा निषेधाज्ञा जारी राजमार्गमा होटेल लगायत बित्तीय संस्था बन्द

धादिङ, २८ साउन । जिल्ला प्रशासन धादिङले कोभिड-१९ अर्थात कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय धादिङ्गले सदरमुकाम निषेधाज्ञा जारी गर्नुका साथै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आसपासमा होटल र बित्तिय संस्था बन्द गर्ने भएको छ ।

बुधबार बेलुका १२ बजे देखि भाद्र ३ गते सम्म बन्द र निषेधाज्ञा जारी गरेको छ । जिल्ला भित्र भएका एम्बुलेन्सलाई तयरी अबस्थामा रहन र सदमुकाममा रहेका अस्पताललाई पनि तयारी अबस्थामा रहन भनेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस