‘मेरो उमेर २५ वर्षको भयो, म महिला कि युवा?’

एक साताअघि ‘विपद् व्यवस्थापनमा युवाको भूमिका’ बारे भर्चुअल कार्यक्रम हुँदै थियो। अतिथिहरूले आफ्ना भनाइ राखिरहँदा मेरो मनमा केही प्रश्न खट्किरहेका थिए।

म आफ्नो जिज्ञासा मेट्न कम्प्युटरको दायाँपट्टि रहेको हात उठाउने संकेत चिह्न पटक-पटक थिचिरहेको थिएँ। तर, कार्यक्रम सञ्चालकले कुनै प्रतिक्रिया जनाउनुभएन।

करिब दस मिनेटपछि मैले उहाँको व्यक्तिगत च्याटमा प्रस्ताव राखेँ, ‘सर म कर्णाली प्रदेशको सुर्खेतबाट आफ्ना केही प्रश्न र जिज्ञासा राख्न चाहन्छु।’

त्यसपछि पनि कुनै प्रतिक्रिया आएन।

मैले फेरि भनेँ, ‘सर समय अभाव छ भने म एक मिनेटभित्र सबै कुरा राख्छु, मलाई बोल्ने पालो दिनुहोस्।’

धेरैचोटि आग्रह गर्दा पनि उहाँको कुनै प्रतिक्रिया नआउँदा मलाई त्यो छलफलबाटै बाहिरिउँ कि जस्तो भयो। तर, मन मानेन। कुरा सुनेर बसिरहेँ।

त्यहाँ झन्डै ५० जना सहभागी थिए। तीमध्ये मैले मात्र हात उठाएको थिएँ। कार्यक्रम सञ्चालक भने हात नै नउठाएका पुरूषहरूलाई ‘युवाको जिज्ञासा के छ’ भन्दै नामै उच्चारण गरेर बोल्ने मौका दिइरहनुभएको थियो। मैले चाहिँ लगातार हात उठाउँदा पनि सुनुवाइ भएन। च्याटमै अनुरोध गर्दा पनि बेवास्ता गरियो।

एक छिनपछि अर्का एक अतिथिले आफ्नो भनाइ राख्नुभयो। जाँदा जाँदै उहाँले भन्नुभयो, ‘आजको कार्यक्रममा युवाहरूको उत्साहजनक उपस्थिति छ, धेरै युवाहरूले आफ्नो जिज्ञासा पनि राख्नुभएको छ, अब एक-दुई जना महिलालाई पनि पालो दिनुहोस्, महिला दिदीबहिनीहरूलाई बोल्न दिनुहोस्।’

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस