महात्मा गान्धी: यसरी बनाइएको थियो ह’त्याको योजना

बीबीसी – दिल्लीको कनोट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ। मरीना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन्। ती व्यक्तिलाई यो कुरा थाहा छैन कि सन् १९४८ को जेनुअरी १७ मा दिल्लीमा ठिहिर्‍याउने चिसो भएको बेला यसै होटलमा (जसलाई अहिले र्‍याडिसन ब्लू मरीना होटल भनिन्छ) नाथुराम गोडसे र नारायण आप्टे आएका थिए।

समय बिहानको ११ बजेभन्दा अघिको थियो। दुवै जनाले एस देशपाण्डे र एसएन देशपाण्डेको नाममा होटलका कोठा बुक गराए। त्यसबेला अहिलेको जस्तो होटलमा कोठा बुक गराउँदा आफ्नो परिचय खुलाउने कुनै प्रमाण देखाउनुपर्दैनथ्यो।

ती दुवै साथी १५ देखि २० मिनेटमा कालो र पहेँलो रङ्गको ट्याक्सीबाट कनोट प्लेस पुगे होलान्। उनीहरू अलबुकर्क रोड (जसलाई अहिले तीस जेनुअरी मार्ग भनिन्छ) भएर होटल गएको हुनुपर्छ।गान्धीलाई अनशन तोड्न लगाउन बिडला हाउसतर्फ हजारौँ मानिस जाँदै गरेको ती दुई जनाले देखेको हुनुपर्छ।खासमा आप्टे र गोडसे गान्धीको ह त्या गर्ने भयानक योजना कार्यान्वयन गर्न दिल्ली पुगेका थिए। उनीहरूले होटलको पहिलो तल्लामा ४० नं. कोठा पाए। विमानबाट उनीहरू मुम्बईबाट सफदरजङ्ग विमानस्थलमा ओर्लिएका थिए। उनीहरूका बाँकी साथी रेलबाट दिल्ली आइरहेका थिए।

खासमा सन् १९४८ को ज्यानुअरी १२ मा गान्धीले अनशन थाल्न लागेको जब आप्टे र गोडसेले थाहा पाए, त्यसैबेला नै उनीहरूले गान्धीको ह त्या गर्ने मनशाय बनाए। गान्धीका कान्छो छोरा देवदास गान्धीकी छोरी तथा लेखिका सुकन्या भरत राम भन्छिन्, “गान्धीले दिल्लीमा १९४८ को जेनुअरी १३ मा किन अनशन सुरु गरे भनेर आप्टे, गोडसे र उनीहरूका साथी रुष्ट हुनुको एउटा कारण थियो।”

“दिल्लीमा मुस्लिमहरू मा’रिँदै थिए, उनीहरूका सम्पत्ति लु’टिँदै थियो र हिं सा तथा आ’गजनी रोकिने कुनै छाँटकाँट नै देखिइरहेको थिएन। अन्त्यमा द’ङ्गा नियन्त्रणका लागि नैतिक द’बाव सिर्जना गर्ने उद्देश्यका साथ गान्धीले अनशन सुरु गर्ने निर्णय जेनुअरी १२ मा गरे।”
त्यतिबेला हिन्दुस्तान टाइम्सका सम्पादक रहेका गान्धीका छोरा देवदास गान्धीले आफ्ना बुवालाई अनशन नबस्न सुझाए।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस