सञ्जय दत्तलाई लाग्यो गम्भीर रोग, यहि रोगले आमालाई पनि लागेको थियो

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि गएराति अमेरिका प्रस्थान गरेका छन् । स्वास फेर्न कठिन भएपछि दत्त अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल उपचारका लागि भर्ना भएका थिए । उच्च ज्वरो र श्वासप्रश्वासको समस्याले अस्पताल भर्ना भएका उनलाई कोरोनाको वार्डमा राखेर उपचार गरिएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको हो । क्यान्सर भएको सार्वजनिक भएपछि उनका प्रशंषकले उनको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोष्टहरु गरेका छन् ।

नकी आमा नरगिसको पनि क्यान्सरका कारण सन् १९८१ मा आमाको निधन भएको थियो । ६१ वर्षीय दत्तको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । दत्तका श्रीमती र सन्तान कोरोना भाइरस संक्रमणका कारण गरिएको लकाउनले गर्दा पाँच महिनादेखि दुबईमा रहेका छन् ।

बलिउड अभिनेता सञ्जय दत्त बिरामी भएको खबर बाहिर आएपछि उनको पत्नी मान्यता दत्तले यसबारे बयान जारी गरेकी छिन् । बुधबार जारी गरिएको बयानमा सञ्जयको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएकी छन् । मान्यताले भनेकी छन्, ‘म सञ्जुका फ्यानहरुलाई आग्रह गर्न चाहन्छु कि कुनै अफवाह र समाचारमा विश्वास नगर्नुहोला ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस