काठमाडौं उपत्यकामा संक्रमणको दर तीब्र बन्दै, बिहीबार पनि १ सय २७ संक्रमित थपिए

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय २७ संक्रमित फेला परेका छन् । यस अघि बुधबार १ सय ३८ जनामा र गत मंगलबार १ सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमााडौंमा मात्र १ सय ११ संक्रमित थपिएका छन् भने ललितपुर ११ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ५ सय ८३ पुगेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस