भाग्य न्यौपाने र कृष्ण कंडेललाई हजारौ पटक फोन गरे: ४ बर्ष देखि दिशा,पिसाब ओछयानमै ! छोराछोरीले कुट्छ….(भिडियो सहित)

यो पनि पढ्नु होस -क्‍वारेन्टाइनमा जातीय विभेद, ‘दलितले पकाएको खानुपर्छ भने म म*र्छु’ भन्दै खाना बहिष्कार

काठमाडौँ – अर्घाखाँचीमा वडा कार्यालयमार्फत स्वयंसेवकका रुपमा खटिएका दलित युवक कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना पकाउँदै आएका छन् । उनले पकाएको खाना दिल्लीबाट आएका शीत गाउँका दिनेश घिमिरे लगायतले मंगलबार बहिष्कार गरे । त्यसपछि उनीहरुलाई स्थानीय पुरुषोत्तम भुसालले घरबाटै खाना ल्याइदिएका थिए ।

‘मैले भरेको पानी खानुभयो तर भात खानुभएन,’ विकले भने, ‘दलितले पकाएको खाएपछि आफूले नराम्रो सपना देख्ने, काँप्ने र बिरामी हुने जवाफ दिनुभयो ।’ दलितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेन्टाइनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए ।

‘दलितले पकाएको भात उपल्लो जातिले खानु/नखानु उसको व्यक्तिगत स्वतन्त्रता हो, मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु भनेपछि घिमिरेलाई अन्यत्र सारियो,’ वडाध्यक्ष पोखरेलले भने, ‘क्वारेन्टाइनमा राख्दा जातीय रुपमा हेरिएन । सबैलाई एकै ठाउँ राखेका छौं ।’

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस