समुदायमा फैलियो कोरोना : मासु पसल र मोटरसाइकल वर्कसपका व्यक्तिसहित २० जना संक्रमित

दमौलीको भानु नगरपालिका-१ भन्सार क्षेत्रको समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम देखिएको छ।

स्थानीय निर्माण व्यवसायीमा मंगलबार संक्रमण देखिएपछि उनीसँगको सम्पर्कका आधारमा पहिचान भएका एक सय २२ जनाको पीसीआर परीक्षणको पछिल्लो नतिजाले उनको घर तथा छिमेकका २० जनामा संक्रमण देखाएको हो।

संक्रमितमा वर्ककप र मासु पसलका पनि

संक्रमित २० जना देखिएको भन्सार क्षेत्रका मोटरसाइकल वर्कसप र मासु पसलका व्यक्ति पनि संक्रमित पाइएका छन्। यसले अवस्था थप जटिल बनाएको छ। धेरै मानिस आउने वर्कसप र मासु पसलका व्यक्तिमा नै संक्रमण देखिएकाले यसले अझ धेरैमा संक्रमण फैलिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस