काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० तरकारी व्यापारीमा कोरोना सङ्क्रमण

काठमाडौँ । काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।कोरोना सङ्क्रमणको समस्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही बस्ती ‘सिल’ गरेको छ । कामपा–१४ का वडाध्यक्ष शोभा सापकोटाले बुधबार र बिहीबार गरी ४० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण भएकोे जानकारी दिनुभयो । बन्दाबन्दी हटेसँगै फलफूल तथा तरकारी बजारमा भारत र तराईबाट धेरै जना फर्किएका कारण कोरोना सङ्क्रमण बढेको अनुमान गरिएको छ ।

वडाध्यक्ष सापकोटाले केही दिनसम्म टोल, बस्ती र बजार नै सिल गरी कोरोना नियन्त्रणको प्रयास अगाडि बढाएको जानकारी दिनुुभयो ।त्यस्तै वडा कार्यालयले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीले स्थानीय तहसँगको समन्वयमा कोरोना रोकथाम तथा नियन्त्रण कार्य भइरहेको जनाएको छ । वृत्त प्रमुख रुगम कुँवरले कोरोना सङ्क्रमण देखिएका टोल, बस्ती, पसल सिल गरी कडाइ गरिएको तथा अत्यावश्यकबाहेक अन्य पसल बन्द गरिएको स्पष्ट पार्नुुभयो ।गोरखापत्र

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस