नवजीवन हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु

जनकपुरधाम, ३० साउन । जनकपुरधामको एक अस्पतालमा चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको घटना नसेलाउँदै फेरी एक बिरामीको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको छ । जनकपुरधामस्थित नवजीवन हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् ।

महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ११ भगवतीपुरकी रुक्मिणी सदाको रक्षाबन्धन दिनदेखि पेटमा दर्द हुने, वान्ता आउने जस्ता समस्या शुरु भएको थियो । समस्या बढ्दै गएपछि उनलाई आइतबार जनकपुरधाम वडा नम्बर ९मा रहेको नवजिवन हस्पिटलमा उपचारका लागि ल्याएको उनको बुहारी शिवसति सदाले बताइन् । अस्पताल भर्ना गराउँदा पेटमा दर्द हुने समस्या थियो शिवसतिले भनिन् ‘ अस्पतालमा भर्ना गराएको ४ दिनसम्म चिकित्सकहरुले सामान्य उपचार गरिरहे, पछि शल्यक्रिय गर्नुपर्छ भनेपछि हामी आँत्तियौँ ।’

चिकित्सकहरुले ६ घण्टा लगाएर शल्यक्रिय गरे, तर पनि बाँच्ने अवस्था नदेखेपछि यहाँ यो बिरामीको उपचार सम्भव नरहेको भन्दै बाहिर लान भने शिवसत्तिले बताइन् । उनले भनिन् ‘हामी गरिब छौँ, कहाँ बाहिर लाने, फेरी यहाँ शल्यक्रिय भइसकेको छ, बाटोमा केही अप्रिय भइहाल्यो भने के गर्ने ? भने पछि चिकित्सकहरुले ६० हजार रुपैयाँ जम्मा गर्नुस हामी बचाउने प्रयास गर्छौँ ।’

त्यसकाे केही घण्टा नबित्दै आफ्नी सासुको मृत्यु भएको उनले दुखेसो पोखिन् । शिवसत्तिका अनुसार चिकित्सकहरुले उनलाई रुक्मिणीको आँत फसेको भनेका थिए, त्यसैले शल्यक्रिय गर्नुपर्यो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस