लकडाउन एकसाता थप

विराटनगर / विराटनगर महानगरपालिकाले लकडाउनको समय एकसाता थप गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि महानगरपालिकाले सात दिन लकडाउन थप गरेको हो । १६ साउनबाट विराटनगर महानगरपालिकाले लगाएको लकडाउन शुक्रबार सकिदैछ । शुक्रबारबाट सात दिन थप गरी भदौं ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको विराटनगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित थिए । लकडाउन यता थप ३०६ गरी विराटनगरमा संक्रमितको संख्या चार सय १५ पुगेको छ । संक्रतिम मध्ये ४९ जना होम आइसोलेसनमा छन् । ५० जना विराटनगर महानगरपालिकाले निर्माण गरेको होल्डिङ आइसोलेसनमा छन् ।

लकडाउन संक्रमण नियन्त्रणका लागि प्रभावकारी भएकाले नगर र जिल्ला स्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिले लकडाउन थप गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस