भाइरल अर्जुन विकले दुई दिनमै गाडी हाक्न सिके, भाबुक हुदै छोराको विशेषमा बोले किन यस्तो,(भिडियो)

एकाएक सामाजिक संजालमा भाइरल बन्यो । जुन तस्बिरमा एउटा बाबुले ‌आफ्नाे सानाे छाेरालाई ‌आफैले लगाएकाे सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका थिए । यो तस्बिरले यतिबेला सारा नेपालीको मन तानेको छ। र चर्चा र बहस हुन थालेको छ। धेरैले अर्जुनको मेहनत र सन्तानप्रतिको जिम्मेवारीलाई सलाम र सम्मान पनि गरेका छन् । हिजो बिहानसम्म कसैले नचिनेका अर्जुनलाई यति बेला सबैले चिनेका छन् । उक्त तस्विरले हाम्राे मन पनि तान्याे । र नेपाल रैबारका टिम पनि अर्जुन बिकलाई खाेज्दै उनकै काेठामा पुग्याैं ।

जुन तस्बिर थियोे कैलाली घर भएका अर्जुन बिकको पसिनै पसिना भएका , एउटा पुरानो कोठे लामो बाउला भएको सर्ट अनि , पुरानो पाइन्ट र जुत्ता लगाएका भर्खरका युवाले , आफ्नो सानो दुई बर्षको छोरालाई त्यही लगाएको सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरिहेका थिए । सानो बच्चा बाबुको पिठ्युँमा निकै खुसी र प्यारो देखिन्थे । उक्त तस्बिर ठेला गुडाउदै , छोरालाई पिठ्युँमा बोक्दै गरेको तस्वीर हामीले पनि सामाजिक संजाल मार्फत फेस्वुकमा भेटेका थियाैं ।

यसरी सुरु भयाे अर्जुन बिककाे कहानी :

बिगत ५ महिना देखि अनामनगरको एउटा सानोकोठा भाडामा लिएर यी सानो बच्चा लिएर आफ्नो दैनिकी बिहान ५ बजे देखि ठेलामा सामान लोड गरि सुरु गर्छन् अर्जुन बिक : अर्जुन भन्छन् ” बाबुलाई जन्माएको ४ महिना देखि आमाले छोडेको हो , धेरै दुख गरि महिले हुर्काए , अहिले त मेरो परान , मुटु मेरो छोरा हो एक छिन पनि म यो छोरा बिना बस्न सक्दिन , काठमाडौंमा गायक बन्छु भनी सपना बोकि आज भन्दा ४ बर्ष अगाडी आए । तर समय र परिस्थिति मैले सोचे जस्तो भएन , आज यहि छोरालाई पाल्न यसरी मेहनत गरेको छु ।

बच्चा जन्मेको ४ महिनामा नै आमाको काख र माया नपाएका यी दुई बर्षका बालक कहिले इन्डिया ठूलो आमा , बुवासग छन् त कहिले हजुरआमासंग जन्मदिने आमा कहिले माइत , कहिले आफन्त , कहिले कता आफ्नो सन्तान प्रतिको माया र जिम्मेवारी जन्माउने आमालाई नभएको नै हो त ? बाबुआमाको सम्बन्धको दरार होस् या अन्य कुनै कारण तर आज यो अबोध बच्चाले आफ्नो आमाको ममता र छहारीबाट भने टाढा नै रहेको छ ।

अर्जुन बिक आफ्नो वास्तविकताहरु, दु:खहरु अनि कहानीहरु यसरी सुनाउदै थिए जब अर्जुनले बताउदै थिए हाम्राे आँखा नै भरीएकाे थियाे। यसै गरी अर्जुनले सुनाउदै गए आफ्नो वास्तविकताहरु: धेरै पटक लडेको छु ठेलासंगै अनि धेरै पटक चोट लागेको आफ्नो शरिरका चोट र हातहरु देखाउदै अर्जुनले आँखा भरि आँसु छचल्काउदै भने सागसब्जी र मासु नखाएको त कति महिना भयो, दाल भात खाएर बाँचेको छु तर मेरो छोरालाई सवै कुरा खुवाएको छु ।

आफ्नो छोराको लागि जस्तो सुकै मिहिनेत गरेर पनि छोरालाई हुर्काइ ठुलो मान्छे बनाउने सपना बोकेका अर्जुनको यो महेनत र सन्तान प्रतिको जिम्मेवारीले एकपटक जो कोहिलाई पनि सोच्न बाद्य बनाएको छ , आँखा रसाएको छ ।
बाकी भिडियोबाट ‘

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस