बढ्यो विदेशी मुद्राको भाउ : हेर्नुस् कुन देशको कति ?

काठमाडौं / अमेरिकी डलर उकालो लाग्न थालेको । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४५ पैसा विक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ। त्यस्तै यूरोपीयन यूरोको खरिददर १४१ रुपैयाँ ४१ पैसा, विक्रीदर १४२ रुपैयाँ १२ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ६० पैसा, विक्रीदर ८६ रुपैयाँ ०३ पैसा रहेको छ।पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ २७ पैसा, विक्रीदर १५७ रुपैयाँ ०६ पैसा रहेको छ ।

यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८० पैसा र विक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ।साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८५ पैसा, विक्रिदर ३२ रुपैयाँ ०१ पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ५१ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५२ पैसा, विक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस