बुवा आमाको आर्शिवाद लिएर मास्क बाड्न हिडेका वीर, जसले बाडेँ २७ हजार मास्क

तुलसीपुर, साउन ३० गते । जेठ दोस्रो सातादेखि उहाँको दैनिकी फेरिएको छ । जब कोभिड १९ को सङ्क्र’मण देशभर फैलन थाल्यो अनि ३३ वर्षिय युवा वीरबहादुर खत्री बजार क्षेत्रमा , सडकमा मास्क बाड्न थाल्नुभयो । बुवा आमाको आर्शिवाद लिएर मास्क बाड्न हिडेका वीर अझै थाक्नुभएको छैन ।

जिल्लाको पूर्वी बजार भालुवाङदेखि पश्चिमी क्षेत्रमा रहेको अर्को बजार हापुरेसम्म पुगेर त्यहाँका बटुवा,किसान, गृहिणी समाजका सबै तह तप्काका व्यक्तिहरुलाई मास्क बाड्नुभएको छ। हालसम्म सर्जिकल र के एन ९५ सत्ताइस हजार मास्क बाड्नुभएको छ । वीर भन्नुहुन्छ ‘ सुरु सुरुमा घर परिवारको सहयोगमा मास्क बाडियो अहिले साथीभाइ, अग्रजहरुले समेत सहयोग गर्नुभएको छ’ ।

सबैभन्दा बढी गुनासो उहाँको समाजमा पढे लेखेका जाने बुझेका तप्कामा रहेका व्यक्तिहरुसँग छ । वीर भन्नुहुन्छ ‘नाम नभनौ केही स्वास्थ्यकर्मीहरु जो संवेदनशील क्षेत्रमा काम गर्नुहुन्छ, उहाँहरु नै मास्क नलगाएर हिड्नुहुन्छ, मास्क लगाउनुसभन्दा तपाईले सिका उनु पर्दैन भन्नुहुन्छ’ उहाँको अभियानमा सबैभन्दा बढी माया आर्थिकरुपले कमजोर रहेका वर्गबाट पाउनुभएको छ ।

वीर भन्नुहुन्छ ‘जोसँग मास्क किन्ने पैसा नै छैन, उहाँहरुका लागि यो अभियान थालेको हुँ, बाटोमा हिड्दा तरकारी बेच्ने आमाहरुलाई मास्क दिदाँ, छिट्वा भुईमै राखेर आर्शिवाद दिनु हुन्छ त्यही बेला नै सबैभन्दा बढी खुसी हुन्छु’ । बजार, सडकमा मास्क नलगाई हिडेका बटुवा देखेपछि उहाँ दौडदै मास्क दिनुहुन्छ, कतिपयले खल्तीबाट झिकेर पैसा दिन थाल्नुहुन्छ उहाँ निशुल्क हो पर्दैन भन्नुहुुन्छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा बसोबास गर्दै आउनुभएका वीरबहादुर खत्री कोभिड १९सँग जुध्नका लागि सरकारको मात्रै मुखताक्नु सबैभन्दा दुःखदायी कुरा भएको बताउनुहुन्छ। कोभिड १९ सँग जुध्नका लागि समय र क्षमताले भ्याएसम्म माक्स बाड्ने र सचेतना फैलाउँदै हिड्ने वीरको लक्ष्य रहेको छ । हालसम्म जिल्लाका भीडभाड हुने बजार क्षेत्र भालुवाङ, गढवा, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी र हापुरे क्षेत्रमा मास्क बाडिसक्नु भएको छ । गोरखापत्र दैनिकमा गोकर्ण पौडेल ले लेख्नु भएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस