आजबाट भक्तपुर जिल्लाभर निषेधाज्ञा जारी

काठमाडौं । भक्तपुर जिल्लाभर शुक्रबार रातिबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार मध्यराति १२ बजेदेखि आउँदो भदौ १५ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।

निषेधाज्ञाको अवज्ञा गरेमा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । प्रशासनले खुला स्थानमा भेला नहुन, भीडभाड नगर्न, सभा जुलुस नगर्न, जात्रा तथा महोत्सव नगर्न, धार्मिक गतिविधि नगर्न भनेको छ ।

साथै सडक व्यापार नगर्न, स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत होटेल रेष्टुरेन्ट नखोल्न पनि प्रशासनले भनेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस