सात दिनमै निको भए सङ्क्रमित ,

काठमाडौं, साउन ३० गते । आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण (कोभिड १९) भएका विरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ ।
कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना संक्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।
आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा.अमितमान जोशीले भन्नुहुन्छ, आयुर्वेदिक औषधिमा विभिन्न रोगप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग हुने भएको कारण कोरोनासँग लड्न सक्ने क्षमता चाँडो विकास भई निको भएको हो ।
उहाँको अनुसार कोरोना संक्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पिसिआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा.जोशीले जानकारी दिनुभयो ।

यता कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षिय नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना हुनुभयो । आफूले विरामीलाई एलोपेथिक औषधिमात्र सेवन गर्न दिने गर्ने गरको उहाँले कहिले पनि आयुर्वेदिक औषधि प्रयोग गर्नुभएको थिएन् । आयुर्वेदिक चिकित्सकहरुको सल्लाह बमोजिम सोही औषधि सेवन गरकोे र अहिले आफूलाई समस्या नभएको बताउनुभयो ।
आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिदै दैनिक तीन पटक दुई गोली औषधि खान दिन्छ जसले गर्दा मेलै कोरोनालाई सजिलै जित्न सके ।
अहिलेसम्म पनि कुनै पनि (साइडिफेक) नराकात्मक असर देखा परेको छैन् भने मैले आफ्नो नर्सको ड्युटी पनि समालिसकेको छु ।
उहाँ मात्र होइन बाग्लुङको ३५ वर्षिय जङ्गबहादुर केसीलाई पनि कोरोनालाई जित्न आयुर्वेदिक औषधिले धेरै मदत गरेको बताउनुहुन्छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस