रसियापछि बेलायतले पनि कोरोना बिरुद्धको भ्याक्सिन निर्माणमा पायाे सफलता !

एजेन्सी, ३० साउन । रसियाले कोरोना भाइरसबिरुद्धको औषधि निर्माणमा सफलता पाएको चर्चाकाबीच बेलायले पनि कोरोना बिरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ । बेलायतको फार्मास्यूटिकल कम्पनी फाइजरले कोरोना भाइरसबिरुद्धको औषधि निर्माका प्रारम्भिक चरणमा सफलता प्राप्त गरेको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका अनुसार औषधिको क्लिनिकल परीक्षणको सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार भइसकेको छ ।

यो सफताको साथसाथै बेलायत सरकारले फार्मास्यूटिकल कम्पनी फाइजरलाई खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको बताइएको छ ।

 

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस