कोरोना संक्रमणबाट वीरगन्जमा थप एक वृद्धको मृत्यु

वीरगन्ज (पर्सा), ३१ साउन । वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी ६० वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकमा मृत्यु भएको हो ।

मृतक वृद्धमा साउन २१ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपश्चात उनलाई ज्वरो आएपछि उपचारका लागि नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकमा साउन २४ गते साँझ भर्ना गरिएको थियो ।

विगत ६ दिनदेखि गण्डक अस्पतालमा उपचारार्थ वृद्धको शुक्रबार बेलुकी मृत्यु भएको नारायणी अस्पताल अस्थायी कोभिड़ अस्पतालका संयोजक डा. निरज सिंहले जानकारी दिए ।

मृतक वृद्धसँगै वीरगन्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । जसमध्ये पर्साका २० जना, बाराका ४ जना तथा रौतहटका १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस