प्रचण्ड ज्यू, केपी ओलीले चुनावी सभालाई सम्बोधन गरेर चुनाव जितेको इतिहास नबिर्सनुस – सांसद भूमी त्रिपाठी

काठमाडौं । नेकपा नेता तथा धादिङ्ग जिल्लाबाट निर्वाचित सांसद भूमी प्रसाद त्रिपाठीले केपी ओलीले दुईपटक चुनावी सभालाई सम्बोधन गरेर चुनाव जितेको इतिहास नबिर्सन नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई चेतावनी दिनुभएको छ । प्रचण्डलाई चितवनमा चुनाव जित्न मुस्किल परेपछि दुई पटकसम्म ओलीले चुनावी सभालाई सम्बोधन गर्नुपरेको स्मरण गर्दै अहिलेको जनमत केपी ओलीले नाकाबन्दीको समयमा देखाएको राष्ट्रियताका कारण नेपाली जनताले ओलीलाई नै प्रधानमन्त्री बनाउने भन्दै अत्याधिक मत दिएर जिताएको उँहाको तर्क छ ।

सुनौलो नेपाल अनलाइन टेलिभिजनसंगको कुराकानीका क्रममा सांसद त्रिपाठीले ओलीकै ब्यानरमा चुनाव लडेका कारण तत्कालीन एमाओवादि र एमालेले संघ र प्रदेशमा समेत ओलीकै लोकप्रियताका कारण अहिलेको नेकपाले जनमत प्राप्त गरेको बताउनुभयो । माओवादीलाई मुलधार र सत्तामा ल्याउन समेत केपी ओलीको योगदान रहेको बताउंँदै केपी ओली विना माओवादीको अस्तित्व समेत नरहने दाबी गर्नुभयो । ‘आफ्नै जिल्लामा समेत उहांँले मत माग्न सक्नु भएन त्रिपाठीले भन्नुभयो , आफ्नै निर्वाचन क्षेत्रमा समेत दुईदुईपटक केपी ओली दुई पटक जानुपर्यो ?’ ।

पार्टीलाई बलियो बनाउन र सरकारलाई स्थायीत्व दिन दुबै अध्यक्षको भूमिका उत्तिकै रहेको बताउंँदै , प्रचण्डको पछिल्लो गतिविधिले चिन्ता थपिएकोले दुबै पार्टी एकीकरण पछिको सम्झौता, प्रतिबद्धता कार्यन्वयन गर्दै लैजानुपर्छ । आगामी महाधिवेशनले भविष्यको योजना तर्जुमा गर्छ कार्यविभाजनको लागि सहकार्यबाटनै निकास निकाल्नु पर्ने उहांँले बताउनु भयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस