रुपन्देही – बुटवलमा कोरोना संक्रमित बिरामीको ज्यान गएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु मायादेवीका ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज ज्यान गएको अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिनुभयो । फोक्सोमा समस्या देखिएका उनकाे आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आएको भए पनि जीन एक्सपर्ट गरेर परीक्षण गर्दा पोजेटिभ आएको थियो । उनको फेरि पीसीआर रिपाेर्ट पनि पोजेटिभ आएको थियो । ३ दिनअघि उपचारको लागि अस्पतालमा आएका ती बिरामीको फोक्सोमा संक्रमण थियो । यसअघि बुटवलको कोरोना विशेष अस्पतालमा कोरोनाको कारण कपिलवस्तुको तौलिहवाका ४२ वर्षीय पुरुषको ज्यान गएको थियो ।