को रोना सं क्रमित भएर घरमै बसिरहनु भएको छ ? के गर्ने र के नगर्ने ?

डाक्टर शेरबहादुर पुन-केहि दिन यता को रोना सं क्रमित बिशेष गरेर सामान्य वा लक्षण नभएकाहरुलाई घरमा नै बस्ने नीति सरकारले लिएको देखिन्छ । सं क्रमितहरुको संख्या दिनानुदिन बढ्दै जानु र सीमित अस्पताल तथा स्वस्थाकर्मीहरुको कारणले गर्दा बिशेष निगरानी र औषधि चाहिने सं क्रमितहरुलाई बाहेक अरुलाई भर्ना नलिने नीति अपनाएको हो ।

विकसित देशहरुमा पनि सामान्य लक्षणहरु भएकाहरुलाई घरमा नै बसेर स्वस्थलाभ गर्न सुझाब दिएको देखिन्छ । तर पनि सं क्रमण पुष्टि भैसकेको अवस्थामा त्रा स भने श्रृजना हुने गरेको देखिन्छ ।

अचानक मृ त्यु हुने हो कि ?, परिवारको सदस्यहरु बिशेषत वृद्ध र दीर्घ रोग भएकालाई सर्ने हो कि ? कस्तो अवस्थालाई स्वास्थमा जो खिम शुरु भएको मान्ने वा अस्पताल जाने ? समाजबाट अबहेलित हुने होकी भन्ने मानसिक तनावलगायत सं क्रमितमा खुल्दुली हुने बहु प्रश्नहरु हुन् ।

नेपालमा को रोना सं क्रमितहरु स्वस्थ लाभ गरेर घर फर्किएकाहरुको पछिल्लो प्रकाशित नतिजा हेर्दा प्रतिशतमा झन्डै ७१ रहेको देखिन्छ । मृ त्युदर शुन्य दशमलब तीन प्रतिशत देखिन्छ । यसले जोकोहीलाई सं क्रमण हुदैमा मृ त्यु नै हुन्छ भन्ने देखाउदैन ।

प्रतिक्रिया दिनुहोस